४ पुस २०८२, शुक्रबार | December 20, 2025

टोपबहादुर रायमाझीलाई अहिले नै दोषी भन्न मिल्दैन : केपी ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार भन्न नसकिने बताएका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताए । तर, अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने उनले बताए ।

भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमालेको सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताए । तर, अदालतले दोषी सावित गर्नुअघि कसैलाई पनि दोषी आंशका गर्न सकिए पनि दोषी नै ठहर गर्न नसकिने उनको भनाइ छ । ओलीले भ्रष्टाचारमाथि निस्पक्ष ढंगले छानविन गर्न छोडेर एमालेको तेजोबोध गर्न लागिएको भन्दै आपत्ति जनाएक । उनले भने, ‘भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्न छाडेर कसरी कसलाई तेजोवध गर्न सकिन्छ भन्ने कुरा पनि चालेका छन् ।’

नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर व्यवस्था विरुद्ध नै अभिव्यक्ति आउन थालेको तर्फपनि ओलीले आपत्ति जनाए । उनले भने ‘गणतन्त्रमा भ्रष्टाचार हुन्छ राजतन्त्रात्मक प्रणाली भएको भए हुँदैनथ्यो भन्ने भाष्य बनाउन खोजिएको छ ।’

अध्यक्ष ओलीले विपक्षीहरूको मुख थुन्ने प्रयास भएको आरोप लगाउँदै केही दिन पहिला सांसद अमरेशकुमार सिंहमाथि अख्तियारमा परेको उजुरी एक उदाहरण रहेको बताए ।

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  १२ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको