४ पुस २०८२, शुक्रबार | December 19, 2025

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी



गोरखा । गोरखाको शहीद लखन गाउँपालिका-७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आज (आइतबार) बिहान भएको आगलागीबाट प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ ।

स्टोरको औषधि, अक्सिजन कन्सलटेटरलगायतका सामाग्री पनि आगलागीले क्षति पुर्‍याएको शहीद लखन गाउँपालिका-७ का वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन् । आगलागीले ५० लाखभन्दा बढी भएको क्षति भएको छ र के के सामाग्रीमा क्षति पुग्यो भन्ने विवरण संकलन भइरहेको बताउँदै उनले भने, ‘आइतबार बिहान करिब साढे ४ बजे विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।’

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना बुंकोट पुगेका छन् । झण्डै दुई घण्टापछि अहिले आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ९ : ३५ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह