२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

बुद्ध एयरको जहाजमा मुसा भेटियो



काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन-एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ ।

बुद्ध एयरका अनुसार जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो ।

आज दिउँसो प्रशिक्षक चालक र प्राविधिक टिमले सो जहाजलाई काठमाडौं ल्याएको र जहाजलाई थप निरीक्षण गरी आजैबाट पुनः व्यावसायिक उडान थालिने बुद्ध एयरले सूचनामा उल्लेख गरेको छ । कम्पनीले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ५ : २६ बजे

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत

नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल

विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास

दर्शन कल्याण ठकुरी समाजको बृहत निःशुल्क स्वास्थ्य शिविरमा २ सय ५० बढीको उपचार

तिलोत्तमा । दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको आयोजना तथा देवदह

बबईमा डुबेर दाजुभाइको मृत्यु

तुलसीपुर । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ