८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन, १७ अधिकारकर्मी पक्राउ



काठमाडौं । अधिकारकर्मीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै सिंहदरबारको दक्षिण मूल ढोकाअघि प्रदर्शन गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, तीन तहको सरकार स् सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजको आह्वानमा प्रदर्शन भएको हो ।

प्रदर्शनबाट प्रहरीले १७ जना अधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।

प्रदर्शन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरु चन्द्रमणि बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान् पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणि गौतम, रीता अधिकारीसहित १७ जनालाई गिरफतार गरेको हो ।

गिरफ्तार अधिकारकर्मीलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ । प्रदर्शनमा भ्रष्टाचार हटाउ स् लोकतन्त्र बचाऊ, शीर्ष नेताको सम्पत्ति छानबिन गर, नक्कली शरणार्थी प्रकरण ः शीर्ष नेतामाथि छानबिन खोइ ?, शीर्ष नेता भ्रष्ट छन् स् नेपाली जनता त्रस्त छन्, लेखिएका प्लेकार्ड सो अवसरमा प्रदर्शन गरिएको थियो ।

शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणको सूक्ष्म अध्ययनरअनुसन्धान गरी दोषी प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन् कानुनसम्मत कारबाही गर्न माग गर्दै जेठ १ गतेदेखि सुरु गरेको अभियानका क्रममा २२ जिल्लामा ५० वटा धर्ना एवं प्रदर्शन भइसकेको छ । यो प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको शान्ति समाजले निन्दा गर्दै आएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ४ : ०५ बजे

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ