३ चैत्र २०८२, मंगलबार | March 18, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा खाँण, रिजाल र महर्जनको बयान जारी



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरुको बयान लिने क्रममा जिल्ला अदालत, काठमाडौंमा आज पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान जारी छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहबाट आर्थिक लाभ गर्दै उनीहरुलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणसहित आज शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको पनि बयान भइरहेको छ ।

सो प्रकरणमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ भने एक जना अदालतमा हाजीर हुन आइपुगेका छन् । १२ जना अझै फरार रहेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ३० जना माथि राष्ट्रहित प्रतिकूल हुने कसूर, संगठित ठगी र कीर्तेमा मुद्दा दायर गरेको थियो । पक्राउ परेकामध्ये १५ जनाको बयान सकिएको छ भने ३ जनाको बयान आइतबार सम्ममा सकिने बताइएको छ ।

बयान सकिए लगत्तै थुनछेक बहस हुनेछ । थुनछेकको बहसपछि आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश हुनेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १ : १४ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड