९ श्रावण २०८३, शनिबार | July 25, 2026

एमालेले संसद चल्न नदिने, बैठक स्थगन गर्न राप्रपाको प्रस्ताव



काठमाडौं । नेकपा एमालेले संसद बैठक चल्न नदिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको र प्रधाननमन्त्रीले भारतमा भूमि साट्ने प्रस्ताव गरेर राष्ट्रघाती काम गरेको भन्दै त्यसको विरोधमा संसद चल्न नदिने निर्णय गरेको हो ।

‘संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति हाम्रो असहमति छ। हामी संसद चल्न दिदैनौं ।’ एमाले सचिव पदम गिरीले भने, प्रधानमन्त्रीले भारतमा गएर भूमि साट्ने कुरा गरेर राष्ट्रघाती कुरा गर्नुभएको छ । त्यसमा उहाँले माफी माग्नुपर्छ ।

अर्को प्रतिपक्षी दल राप्रपाले भने प्रतिनिधिसभा बैठकको नियमति कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ । तर, राप्रपाले नीति र नियमविपरीत नागरिकता विधेकय प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमति रुपमा संसद बैठक अघि नबढ्ने भन्दै निर्धारित सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव गरेको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेस गरेका छन् ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ११ : ५१ बजे

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या