४ चैत्र २०८२, बुधबार | March 18, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको पक्षबाट १५ वकिलले गरे बहस, खाण पक्षको बहस सकियो



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेकको बहसमा खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका हुन् ।

खाणको पक्षका वकिलले डेढ दिन लगाएर बहस गरेका थिए । पहिलो दिन मंगलबार १० जनाले बहस गरेका थिए भने आज (बुधवार) थप पाँच जना वकिलले बहस गरेका हुन् ।

मंगलबार खाणका तर्फबाट नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता महादेव यादव, पंकज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए । त्यसैगरि आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित अधिवक्ता सुरेन्द्र कुमार महतो, बार अध्यक्ष गोपालकृष्ण घिमिरे, ललितबहादुर बस्नेत र खम्बबहादुर खातीले बहस गरेका छन् ।

न्यायाधीश प्रेस प्रसाद न्यौपानको इजलासमा खाणको तर्फबाट बहस गर्दै गोपालकृष्ण घिमिरेले सम्भावना बोकेका नेताको इमेज ड्यामेज गर्न बिना प्रमाण मुद्दा चलाइएको जिकिर गरे । उनले निलम्बित सचिव टेकनारायण पाण्डेले हिरासतबाट खाणलाई लेखेको भनिएको पत्रको कुनै आधिकारिकता नभएको जिकिर गरे ।

‘टेकनारायणको पत्र प्रमाण बनाउने कागजको रूपमा अभियोजन पक्षले पेस गरेको छ । तर त्यो कागजमा हस्ताक्षर र ल्याप्चे छैन’, घिमिरेले इजलासमा भने, ‘खाँणले पैसा बुझेको प्रमाण के छ ? सीसीटीभी फुटेज त थियो होला । यो मुद्दा सार्वजनिक जीवन समाप्त पार्ने गरी बिना प्रमाण आएको छ ।’

मंगरबारको बहसमा बहसकर्ता वकिलहरुले सहअभियुक्तहरुले दिएको बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने समेत जिकिर गरेका थिए ।

वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले आरोपित पक्राउ गरेको २२ औँ दिनपछि प्रहरी प्रतिवेदनको भरमा मुद्दा ‘सङ्गठित’मा रूपान्तरण नहुने जिकिर गरेका थिए । बालकृष्ण खाणको विश्वसनीयता सिध्याउन सचिव टेकनारायण पाण्डेलाई दोस्रो पटक बयानमा पोल्न बाध्य पारेको खड्काको दाबी थियो ।

थुनछेक बहस अन्तर्गत अव आङ्टावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, टेकनाथ रिजाल र शमशेर मियातर्फका वकिलको बहस हुन बाँकी छ । उनीहरुको बहस आजै सकेर बिहीबार सरकारी वकिलले जवाफी बहस गर्ने तयारी छ । न्यायाधीशले आजै थुनछेक बहस सकेर आदेश दिने भनिएको थियो । प्रतिवादीतर्फका तर्फबाट बहस गर्ने वकिल धेरै भएपछि बहस लम्बिन पुगेको हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ३ : ५४ बजे

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन