१० पुस २०८२, बिहिबार | December 26, 2025

विधेयकमा कोशी प्रदेशको नाम प्रदेश १ लेखिएपछि पर्यटन मन्त्रालयको छलफल संसदको कार्यसूचीबाट हटाइयो



काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० का विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल भइरहेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल कार्यसूची थियो । तर, कोशी प्रदेश उल्लेख नगरेर प्रदेश १ लेखिएको भन्दै एमालेले आपत्ति जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले प्रदेशसभाबाट भारी बहुमतले राखेको नाम उल्लेख नगरेर अंकमा लेखिएकाले उक्त मन्त्रालयगतको शीर्षकमाथि छलफल हुन नसक्ने भन्दै सदनको ध्यानाकर्षण गराए । नसच्याएसम्म छलफल हुनै नसक्ने उनले बताएपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको जानकारी दिए ।

त्यसपछि यसबारे जवाफ दिन उनले पर्यटनमन्त्री सुदन किराँतीलाई समय दिए । त्यसपछि मन्त्री किराँतीले पुस्तकको पेज नम्बर ११ देखि १८ सम्म प्रदेशको नामको सट्टा अंक उल्लेख भएकाले सच्याएर ल्याउने जानकारी गराए ।

यसपछि सभामुख घिमिरेले अंकको स्थानमा नाम मानेर मन्त्रालयगत छलफल अघि बढाउन आग्रह गरे । तर, एमालेले नमानेपछि सभामुख घिमिरेले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको छलफललाई कार्यसूचीबाट हटाए ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  २ : १९ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र