५ पुस २०८२, शनिबार | December 20, 2025

आईसीसी एकदिवसीय विश्वकप छनोट : अमेरिकाविरुद्ध भीम सार्कीको अर्धशतक



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अमेरिकाविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट भीमले ९७ बलमा चार चौकासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो तेस्रो अर्धशतक हो ।

नेपालबाट हाल क्रिजमा भीमलाई साथ दिइरहेका दीपेन्द्रसिंह ऐरी १६ रनमा खेलिरहेका छन् । नेपालले अहिले ३७ ओभरमा चार विकेट गुमाएर १६३ रन बनाएको छ । नेपाललाई जितका लागि अब १३ ओभरमा ४५ रनको आवश्यकता छ ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : ४९ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र