१३ बैशाख २०८३, आइतबार | April 26, 2026

आईसीसी एकदिवसीय विश्वकप छनोट : अमेरिकाविरुद्ध भीम सार्कीको अर्धशतक



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अमेरिकाविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट भीमले ९७ बलमा चार चौकासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो तेस्रो अर्धशतक हो ।

नेपालबाट हाल क्रिजमा भीमलाई साथ दिइरहेका दीपेन्द्रसिंह ऐरी १६ रनमा खेलिरहेका छन् । नेपालले अहिले ३७ ओभरमा चार विकेट गुमाएर १६३ रन बनाएको छ । नेपाललाई जितका लागि अब १३ ओभरमा ४५ रनको आवश्यकता छ ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : ४९ बजे

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ