२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

आईसीसी एकदिवसीय विश्वकप छनोट : करण र भीम चम्किँदा अमेरिकाविरुद्ध नेपाल ६ विकेटले विजयी



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले अमेरिकाविरुद्ध ६ विकेटको विजयी भएको छ । भीम सार्कीको संयमित ब्याटिङ र करण केसीको महत्त्वपूर्ण चार विकेटको सहयोगमा नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको विजयी भएको हो ।

मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा भीमले अविजित ७७ रन बनाए । भीले ११४ बलमा सात चौका र एक छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो अहिलेसम्मकै व्यक्तिगत उच्च स्कोर हो । नेपालको जितमा भीमसँगै अविजित रहेका दीपेन्द्रसिंह ऐरीले ३२ बलमा पाँच चौका र एक छक्कासहित ३९ रन जोडे ।

ओपनर कुशल भुर्तेलले ३९ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १३ रन थपे । कुशल मल्लले १३ र आसिफ शेखले १२ रन जोडे ।

अमेरिकाका सौरभ नेत्रावाल्कर, नोस्थुस केन्जिगे, निसर्ग पटेल र स्टेभन टेलरले समान एक विकेट लिए । त्यसअघि करणको उत्कृष्ट बलिङप्रेरित नेपालले टस हारेपछि ब्याटिङमा निम्त्याइएको अमेरिकालाई ४९ ओभरमा २०७ रनमै समेटेको थियो ।

अमेरिकालाई मध्यम योगफलमा रोक्न करणले चार विकेट लिएका थिए । नौ ओभर बलिङ गरेका करणले तीन मेडन राख्दै ३३ रनमात्र खर्चिए । करणले पहिलो इनिङको दोस्रो ओभरमा दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यसपछि उनले आठौँ र १०औँ ओभरमा समान एक विकेट लिए ।

करणसँगै नेपालका लागि गुल्सन झाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका गुल्सनले ५२ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले दुई र ललितनारायण राजवंशीले एक विकेट लिए ।

नेपालविरुद्ध अमेरिकाका सयन जहाँगिरले शतक प्रहार गरे । अन्तिमसम्म अविजित रहेका उनले ७९ बलमा १० चौका र तीन छक्कासहित १०० रन प्रहार गरे । सुशान्त मोदनीले ४२ रन थपे । यसअघिको खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका गजानन्द सिंह भने २६ रनमै पभेलियन फर्किए । जेस्सी सिंहले १२ रन जोडे ।

समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो जित हो । यसअघि नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । यता, अमेरिकाको भने प्रतियोगिता पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : १६ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब