२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

नेदरल्याण्डसँग पराजित भएसँगै नेपालको विश्वकप यात्रामा पूर्णविराम



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटका लागि जिम्बाबेमा जारी समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग नेपाल पराजित भएको छ । यो पराजयसँगै नेपालको विश्वकपको सपनामा यसपटक पूर्ण विराम लागेको छ । नेपाल समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको हो ।

टस हारेर ब्याटिङमा खराब सुरुआत गरेको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै दिएको १६८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य भेटाउने क्रममा नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै सुपर सिक्समा स्थान पक्का गरेको छ ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ‘ डोवाडले सर्वाधिक ९० रनको उत्कृष्ट इनिङ खेले । उनले गुलशन झाको बलमा बोल्ड हुनुअघि, ७५ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे। विक्रमजित सिंह ३० रनमा पभेलियन फर्कँदा, बास डी लिड ४१ रनमा अविजित रहे ।

नेपालका लागि सन्दीप लामिछानेले दुई तथा गुलशन झाले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा १० विकेट गुमाउँदै १६७ रन बनाएको थियाे । ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए पछि आउट भएका थिए । आउट हुनुअघि उनले ४२ बलमा २ चौका मारे पनि नेपालका अर्का खेलाडी आसिफ शेख तेस्रो शून्यमा भान वीकको बलमा बोल्ड हुनु परेको थियो ।

आरिफ शेख ६ रनमा बिक्रम जितकै बलमा क्याच भए पछि पेभिलियनमा फर्केका थिए । भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा नै आउट भए भने कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किनु परेको थियो । सन्दिप लामिछानेले २७ रनको योगदान गरे ।

नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २/२ विकेट लिए । क्लेटन प्लोयट र आर्यान दत्तले समान १/१ विकेट लिए ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : ०६ बजे

रोल्पामा मिनी ट्रक दुर्घटना, एकको घटनास्थलमै मृत्यु

दाङ । रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक

निर्धक्क भएर सम्पत्तिको स्रोत देखाउनुस् : छानबिन आयोग अध्यक्ष भण्डारी

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहेका

बुटवलबाट काठमाडौं जाँदै गरेको बसबाट भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

बुटवल । प्रहरीले भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

रास्वपाका विपिन आचार्यको माग – शून्य समयलाई सरकारले सुन्दैन भने ब्ल्याक होल समय भनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ