६ श्रावण २०८३, बुधबार | July 23, 2026

भन्सार कडाईको माग गर्ने ब्यापारी आफै मगाउँछन् बिना भन्सारको सामान

एकैदिन साढे ३ लाख बढीको सामान बरामद



बुटवल । नेपाल भारत सीमाको भैरहवा भन्सार कार्यालयको मुल ढोकामा सर्वसाधारणले भारतबाट ल्याउने हरेक १ सय रुपैयाँ बढीको सामानको भन्सार तिर्न अनिवार्य गरिएपनि अन्य नाकाहरुबाट अबैध सामान भित्रिने क्रम भने रोकिएको छैन । भन्सारको मुल ढोमा कडाई गरेपनि अन्य सीमानाकाको बेवास्ता गरिएपछि हरेक दिन लाखौंको सामान बिना भन्सार भित्रिने गरेको छ ।

त्यसरी भारतबाट भन्सार छलेर ल्याइएका सामान यदाकदा प्रहरीले बरामद गरेपनि अधिकांस सामान भन्सार कडा गर्नु पर्ने माग गर्ने व्यवसायीले नै किनिदिने गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी शनिबार राती मायादेवी गाउँपालिका ५ मोतिपुरबाट साढे तीन लाख बढीको व्यवसायिक प्रयोजनका समानहरु बरामद गरेको छ ।

रुपन्देही कोटहीमाई गाँउपालिका ३ का सैलेश कोईरीले चलाएको युपी ५६ के ५९९० नम्बरको मोटरसाइकल र करण भरले चलाएको लु २९ प २९६७ नम्बरको मोटरसाइकलमा अवैधरुपमा भारत बाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा सो सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरीले ती २ जनाबाट मोजा ३६०० जोर, सेन्डो भेष्ट ३०० पिस, लेगिज १७५ पिस,सुट २१२ पिस, थानको कपडा (४ रोल) र बलाउज २५ पिस बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद सामाग्री र मोटरसाइकल समेत गरि अन्दाजी ३ लाख ६९ हजार ५५० वरावरको मुल्यांकन गरी आवश्यक कावाहीको लागी वरामद सामान, मोटरसाइकल र पक्राउ परेको २ जना समेतलाई भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १० : ०९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क