५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले गर्यो वृक्षारोपण



बुटवल । राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा तिलोत्तमा ७ हरैया पार्कमा वृक्षरोपण गरेको छ ।

मदन जयन्ती अवसरमा युवा सघं नेपालले साप्ताहिक रुपमा विभिन्न खालका रचनात्मक कार्यक्रम गदै आएको छ । पार्कलाई हरियाली बनाउने उद्वेश्यले विभिन्न प्रजातिका करिब २ सय ५० वटा फलफुलका बिरुवा रोपिएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल रुपन्देही अध्यक्ष विकास बस्नेतले मदन जयन्तीको अवसर पारेर धान रोपाई, प्रदेश पार्टी कार्यालयमा रङरोगन, सरसफाई र वृक्षरोपण गरिएको बताए ।

मुस्लिम समूदायका विद्यार्थीले पढ्ने विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने र तिलोत्तमाको टिपुलीगढमा रहेको सुधार गृहमा खेलकुदंका सामाग्री वितरण गर्ने कार्यक्रम रहेको बताए ।

उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले रुपन्देही सचिव यज्ञ गैरेले मदन जयन्तीको अवसरमा वृक्षरोपण रोपण गरेर पार्कलार्ई हरियाली बनाउने काम महत्वपूर्ण रहेको बताए । बिरुवा रोपेर मात्रै नहुने बताउंदै उनले बिरुवाको रेखदेख र संरक्षण गर्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य मनोज गौचन, बुद्धि राज थापा, श्रद्धा कुवर, नेकपा एमाले जिल्ला सदस्य तथा युवा ईन्चार्ज नकुल शाही, एमाले रुपन्देही क्षेत्र न १ अध्यक्ष बेद गिरी, जिल्ला, सदस्य सागर माली, तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, सचिब मिनप्रसाद पोखरेल, राष्ट्रिय युवा संघ नेपाल रुपन्देही उपाध्यक्ष दिपक खड्गी, जिल्ला सदस्य संजय माली लगायतले बोलेका थिए ।

कार्यक्रम राट्रिय युवा सघ नेपाल रुपन्देही क्षेत्र न १ का सयोजक विपिन विकको अध्यक्षता, सचिव गणेश न्यौपाने सन्चालन र सह संयोजक मिन गाहाको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ३ : ३३ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य