५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रिय युवा सघं नेपाल, रुपन्देहीद्वारा शैक्षिक सामाग्री वितरण



बुटवल । राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा गैडहवा गाउं पालिकाको वडा न १ मा रहेको मदरसा मदीन तुलवलुमका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

मदन जयन्तीको अवसरमा साप्ताहिक कार्यक्रम अन्र्तरगत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको राष्टिय युवा सघ रुपन्दही उपाध्यक्ष दिपक खडगीले बताए । पछाडी परेका र अल्पसंख्यक गरिब तथा जेहेनदार ४० जना विद्यार्र्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामाग्री वितरण गरिएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बुद्वि थापाले मदन जयन्ती अवसरमा रुपन्देही युवा संघले सामाजिक क्षेत्रमा विभिन्न खालका कार्यक्रम गरेर देशभर राम्रो सन्देश दिएको बताए । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सानो सहयोगले पनि ठुलो राहत पुग्ने बताए । युवाहरु राजनितिमा मात्र नभएर सामजिक क्षेत्रमा पनि सकृय रहेको बताए ।

आगामि दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरे । कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मनोज गौचन, केन्द्रीय सदस्य कल्पना पाडे मगर, जिल्ला उपाध्यक्ष दिपक खड्की, जिल्ला कोषाध्यक्ष नारायण थापा, नेकपा एमाले जिल्ला सदस्य तथा क्षेत्र नम्बर पांचका सचिव भरतमणि सापकोटालगायतले मन्तव्य राखेका थिए । कमल परियारको अध्यक्षयता, समुन घिमिरेको सन्चालन र सुमन पन्तको स्वागतमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : ४९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य