१ असार २०८३, सोमबार | June 15, 2026

राष्ट्रिय युवा सघं नेपाल, रुपन्देहीद्वारा शैक्षिक सामाग्री वितरण



बुटवल । राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा गैडहवा गाउं पालिकाको वडा न १ मा रहेको मदरसा मदीन तुलवलुमका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

मदन जयन्तीको अवसरमा साप्ताहिक कार्यक्रम अन्र्तरगत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको राष्टिय युवा सघ रुपन्दही उपाध्यक्ष दिपक खडगीले बताए । पछाडी परेका र अल्पसंख्यक गरिब तथा जेहेनदार ४० जना विद्यार्र्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामाग्री वितरण गरिएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बुद्वि थापाले मदन जयन्ती अवसरमा रुपन्देही युवा संघले सामाजिक क्षेत्रमा विभिन्न खालका कार्यक्रम गरेर देशभर राम्रो सन्देश दिएको बताए । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सानो सहयोगले पनि ठुलो राहत पुग्ने बताए । युवाहरु राजनितिमा मात्र नभएर सामजिक क्षेत्रमा पनि सकृय रहेको बताए ।

आगामि दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरे । कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मनोज गौचन, केन्द्रीय सदस्य कल्पना पाडे मगर, जिल्ला उपाध्यक्ष दिपक खड्की, जिल्ला कोषाध्यक्ष नारायण थापा, नेकपा एमाले जिल्ला सदस्य तथा क्षेत्र नम्बर पांचका सचिव भरतमणि सापकोटालगायतले मन्तव्य राखेका थिए । कमल परियारको अध्यक्षयता, समुन घिमिरेको सन्चालन र सुमन पन्तको स्वागतमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : ४९ बजे

मगर समुदायको प्रमुख पर्व भूम्या पर्व मनाईदै

बुटवल । मगर समुदायको नयाँ वर्ष ल्होछारपछि दोस्रो ठूलो पर्वका

भूम्या पर्वले प्रकृति संरक्षण र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति

ल्यान्डिङ गियरमा समस्या देखिएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

ढोरपाटन । काँधमा भारी । साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ । पसिनाले

अमद डियालोको अन्तिम मिनेटको गोलमा आइभोरी कोस्टको विजयी सुरुआत

काठमाडौं । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमद डियालोले