४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

समयमा नै एमसीसी परियोजना सम्पन्न गर्नुपर्नेमा एमाले अध्यक्ष ओलीको जोड



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरूबीच भएको भेटमा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजनाका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार भेटमा पार्टी अध्यक्ष ओलीले एमसीसी परियोजना समयमा नै सक्नुपर्नेमा जोड दिए । उनले विगतमा एमसीसीका बारेमा धेरै नै उतारचढाव भए पनि अहिले परियोजना कार्यान्वयनको चरण आएको विषयमा ओलीले कुरा राखेको नेता भट्टराईले जानकारी दिए ।

भेटमा सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना पूर्णरूपमा सुरु गर्ने र वरिष्ठ अधिकारी आएर परियोजना पूर्णरूपमा आरम्भ गर्ने बताए । उनले एमसीसी परियोजना अगाडि बढाएकोमा धन्यवाद व्यक्त गरे ।

सहायक विदेशमन्त्री लु एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुगेका हुन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १० : २२ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको