९ श्रावण २०८३, शनिबार | July 25, 2026

केन्द्रीय समिति बैठकका सम्बन्धमा माओवादी पदाधिकारीबीच छलफल



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारीबीच आसन्न केन्द्रीय समिति बैठकका बारेमा छलफल भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा सङ्गठनात्मक र राजनीतिक प्रतिवेदनको तयारीका सम्बन्धमा छलफल भएको सचिव चक्रपाणि खनालले जानकारी दिए ।

“केन्द्रीय समितिको बैठकलाई कसरी लैजाने, पदाधिकारीको सुझाव के छ, भन्नेबारेमा छलफल भयो”, उनले भने, “केन्द्रीय समितिको बैठकअगावै स्थायी समिति बोलाउने र स्थायी समिति बैठकबाट केन्द्रीय समितिको बैठकलाई व्यवस्थित र पूर्णरूपमा कसरी लैजाने भन्नेमा अध्यक्षबाट ‘ब्रिफिङ’ भयो ।” केन्द्रीय समितिको तयारीस्वरुप भोलि पनि बैठक बस्ने उनले जानकारी दिए ।

माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि राजधानीमा सुरु हुँदैछ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सयको सङ्ख्यामा सहभागिता रहने माओवादीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १० : २३ बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को