९ चैत्र २०८२, सोमबार | March 24, 2026

महिलाको आर्थिकस्तर सुधारमा लागिपरेका छौँ : मुख्यमन्त्री चौधरी



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार महिलाको सशक्तिकरण एवं उनीहरुको आर्थिक अवस्था सुधार्न लागिपरेको बताएका छन् । नेपाल महिला सङ्घ दाङले आज घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले महिलाको जीवनस्तर सुधार गर्ने कार्यक्रम ल्याउन सरकार लागिपरेको बताए ।

मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकार प्रदेशका महिला तथा सिमान्तकृत समुदायको जीवनस्तर सुधार गर्नका लागि महत्त्वपूर्ण कार्यक्रमका साथ अघि बढेको जानकारी दिए । उनले युवा, महिला र सिमान्तकृत समुदायको आर्थिक विकासका लागि प्रदेश सरकार लागि परेको स्पष्ट पारे ।

भौतिक विकासभन्दा पनि आर्थिक विकासलाई जोड दिने प्रदेश सरकारको नीति भएको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले घरघरमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेतर्फ लुम्बिनी प्रदेश सरकार लागेको बताए । उनले भने, “प्रदेश सरकारको मुख्य ध्यान युवा, महिला र सिमान्तकृत समुदायको आर्थिक विकास रहेको छ । त्यही अनुसार प्रदेश सरकारको नीति रहेको छ ।”

थारु, दलित, वादी, जनजातिलगायतका समुदायको आयस्तर बृद्धिका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले उत्पादन र स्वरोजगारमूलक कार्यक्रमका लागि तयार रहनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रदेशको स्वास्थ्य अवस्थालाई सुधार गर्न प्रदेश सरकार लागि परेको बताए । उनले जनताले निःशुल्क रुपमा प्राप्त गर्ने स्वास्थ्य र शिक्षालाई जनता समक्ष पुर्याउन लागिपरेको बताए ।

स्वास्थ्यमन्त्री खनालले भने, “प्रदेशको स्वास्थ्य अवस्थालाई सुधार गर्दै जनताले निःशुल्क रुपमा स्वास्थ्य र शिक्षा प्राप्त गर्ने अवस्था निर्माणका लागिपरेका छौँ ।” त्यसका लागि सबैले आ–आफ्नो तहबाट सहयोगको आवश्यकता रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १० : ०० बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११