काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ ।
बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव दीनानाथ शर्माले जानकारी दिए । केन्द्रीय समितिको बैठकका अजेण्डा तय गर्न पदाधिकारी बैठक बसेको हो ।
माओवादी केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि पाँचदिनसम्म बस्दैछ । यसअघि नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय कार्यसमिति बैठक लाइभ गरेको थियो ।
पदाधिकारी बैठकले आगामी मंसिरमा विधान सम्मेलन गर्ने र फागुन चैतमा विशेष महाधिवेशन गर्ने एजेण्डा तय गरेको पनि सचिव शर्माले जानकारी दिए । यस्तै सबै नेताहरुको कार्यविभाजन गर्दै देशभरका सबै पालिकाका वडा तहसम्म पुग्न तीनमहिने कार्यक्रम पनि तय गरिएको छ । पदाधिकारीले तय गरेको एजेण्डलाई केन्द्रीय समितिमा पेश गरिनेछ ।



















प्रतिक्रिया