१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अध्यक्ष ओली फर्केको पर्सिपल्टै एमाले बाँकेको कार्यालयमा तालाबन्दी



नेपालगन्ज । एमाले अध्यक्ष केपी ओलीले कार्यकर्ताहरुलाई जनताको सेवामा समर्पित हुन निर्देशन दिएर फर्केको तेस्रो दिन कार्यकर्ताहरुले एमाले बाँके जिल्ला अध्यक्षका विरुद्ध पार्टी कार्यालयमा तालाबन्दी गरिदिएका छन् । नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतीले पार्टी सदस्यता नविकरणका स्वेच्छाचारी बनेको भन्दै कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।

पार्टी सदस्यहरुको सदस्यता नविकरण नगरिदिएको भन्दै पार्टीको बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा मङ्गलबार तालाबन्दी गरिएको हो । जिल्ला कार्यालयमा नविकरणका लागि विवरणसहित फायल पठाइएको भएपनि नविकरण नगरिदिएपछि तालाबन्दी गरिएको एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य घननाथ खनालले बताए ।

बैजनाथ गाउँपालिका कमिटीका तर्फबाट एकहजार १४ जनाको पार्टी सदस्यता पार्टीको बिधान अनुसार नविकरण गर्न जिल्ला पार्टी कार्यालयमा सम्पूर्ण विवरण सहित बुझाउँदा समेत पार्टी सदस्यता नविकरण गर्न पार्टी नेतृत्वले बेवास्ता गरेकाले तालाबन्दी गर्नु परेको खनालले बताए । ‘पार्टी सदस्यता जस्तो महत्वपूर्ण विषयमा पार्टी अध्यक्ष कक्षपतीले बेवास्ता गर्ने, फोन समेत नउठाउने र बैठक नबसाल्ने भएपछि ताला लगाउन बाध्य भयौं ।’ खनालले भने ।

अर्का प्रदेश कमिटी सदस्य मानबहादुर रुचालले पार्टी केन्द्रले जिल्ला कमिटीबाट साउन १५ गते सम्म सदस्यता नविकरण गरिसक्नु पर्ने निर्देशिका जारी भएपनि १५ गतेका दिन अध्यक्ष पार्टी कार्यालयमै उपस्थित नभएपछि १ हजार बढी सदस्यहरुको सदस्यता अन्यौलमा परेको बताए ।

कमिटीका अध्यक्ष इन्द्रबहादुर थापाको अगुवाईमा भएको तालाबन्दीमा प्रदेश कमिटीका सदस्यहरु घननाथ खनाल, मानबहादुर रुचाल, नन्द बिश्वकर्मा लगायतका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

पालिका कमिटीले पार्टी सदस्यता नविकरण गर्न पाउने अधिकारमाथि पार्टी जिल्ला अध्यक्ष कक्षपतिले बञ्चित गरेको स्थानीय नेताहरुको आरोप छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : ५५ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि