४ पुस २०८२, शुक्रबार | December 20, 2025

माओवादीको बैठक लाइभ नहुने, केन्द्रीय समितिमा अझै संख्या थप्दै माओवादी



काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । यसअघि सो बैठक लाइभ गर्ने भनेको माओवादीको बुधबार बिहान बसेको केन्द्रीय सचिवालय र पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको हो ।

बैठकपछि कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक लाइभ नहुने जानकारी दिए ।

पदाधिकारी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय पनि गरेको छ । पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।

बैठकले ३८५ सदस्यीय केन्द्रीय समितिलाई ४०७ सदस्यीय बनाउने प्रस्ताव गरेको छ । यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिने माओवादीका एक नेताले बताए ।

माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक बुधबारदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ११ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको