५ पुस २०८२, शनिबार | December 20, 2025

पार्टी एक ढिक्का भएको छ : अध्यक्ष प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पार्टी एक ढिक्का भयो भन्ने सबैलाई महसुस बताएका छन्।

जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिने क्रममा शनिबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले वाद विवाद र संवादमा बैठक टुंगिने र अहिलेसम्मको छलफलले पार्टी एक ढिक्का भएको महसुस भएको बताएका हुन्।

‘यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ। वाद, विवाद र संवादमा यो बैठक टुंगिँदै छ,’ उनले भने।

केन्द्रीय कमिटीमा पार्टी नेतृत्व र प्रचण्डले अत्यधिक परिवारमोह देखाएको भन्दै आलोचनासमेत भएको थियो। यद्यपि, शनिबारसम्म आइपुग्दा नेताहरूले आफूहरू प्रचण्डको नेतृत्व स्वीकारेर उनलाई सहयोग गर्न तयार रहेको बताएका थिए।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ९ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको