१६ श्रावण २०८३, शनिबार | August 1, 2026

आदर्श युवा सञ्जालको अध्यक्षमा कल्पना तामाङ



खजुरा । बाँकेको खजुरामा क्रियाशील आदर्श युवा सञ्जालको प्रथम बार्षिक साधारण सभा स्थानीय कल्पना तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । सञ्जालको प्रथम बार्षिक साधारण सभा तथा अधिवेसन तामाङको नेतृत्वमा निर्विरोध कायस्मिति चयन गर्दै सम्पन्न भएको हो ।

अधिवेशनबाट सञ्जालको उपाध्यक्षमा पत्रकार खगेन्द्र दाहाल, सचिवमा सुवास निरौला, सह सचिवमा गम बहादुर डागर र कोषाध्यक्षमा होमनाथ दाहाल निर्विरोध निर्वाचित भएका छन् । सञ्जालको सदस्यहरुमा भरत जैसी, मन्जु वली, यम बहादुर विष्ट र सलिल खड्का निर्विरोध निर्वाचित भए ।

सञ्जालको साधारण सभाको उद्घाटन खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीले खजुरामा युवाहरुको सवालमा आदर्श युवा सञ्जालले उल्लेखनिय कार्य गरेको बताए । विगतका वर्षदेखि नै सञ्जालले सामाजिक कार्यमा काम गर्ने अव्वल सस्थाको रुपमा आफुलाई परिचित गराएको वडाध्यक्ष भण्डारीले बताए । उनले वडा स्तरमा रहेका समाजिक गतिविधिका कार्यक्रम पनि सञ्जाल मार्फत सञ्चालन गर्न चाहेको बताए ।

खजुरा गाउँपालिकाका वडा नम्बर ४ का नि वर्तमान अध्यक्ष तिलकविर सुनारले सञ्जालले गरेको सामाजिक कार्यको प्रसंसा गरे । सुनारले सञ्जालको अघिल्ला कार्यहरुमा प्रत्येक्ष सहभागि भएको भन्दै सञ्जालको प्रगतिमा सहयोग सहकार्य सदैव हुने प्रतिवद्धता व्यक्त गरे ।

सञ्जालले खजुरामा रहेर बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । समाज रुपान्तरणको लागि युवा लाग्न पर्छ भन्ने हेतुले सञ्जालका पदाधिकारीहरु सोहि अनुरुप कार्य गरिरहेको सचिव सुवास निरौलाले जानकारी दिए । सभामा सचिव सुवास निरौलाले प्रस्तुत सञ्जालको प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिबेदन पास गरिएको नव निर्वाचित उपाध्यक्ष खगेन्द्र दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : ०१ बजे

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,