४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल स्वयंसेबी रक्तदाता समाजको आकस्मिक रक्तदान



बुटवल । कोरोना भाईरसको संक्रमण रोक्न आशिक लक डाउन जारी छ । यस्तो बेला विभिन्न रोग तथा दुर्घटनाका बिरामीहरुलाई रगतको अभाव छ । रगतको अभाव रोक्न बुटवलमा शनिबार आकस्मिक रक्तदान गरिएको छ ।

नेपाल स्वयंसेबी रक्तदाता समाज, बुटवल लेडि जेसिस तथा लायन्स क्लब अफ सिद्धबाबा भृकुटीको संयुक्त आयोजनामा रक्तदान गरिएको संयोजक कमला पन्थले बताईन ।

नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ७० युनिट रगत संकलन भएको संयोजक तुलसा न्यौपाने सिहले बताईन । कार्यक्रमको पिएमजिएफ सुनिल ओझाले उद्घाटन गरेका थिए । सामाजिक कार्यमा अग्रसर क्लबहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा डिष्ट्रिक डिपार्टमेन्ट चिफ अमृता कालिराज, एरिया चिफ एमजेएफ सन्दिप कसौधन, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान, बुटवल लेडि जेसिस पुर्व अध्यक्ष राधिका पोखरेल, क्लबका अध्यक्ष कल्पना पाण्डे, क्लबका सचिव सुमन पछाईले हरेक क्लबहरुले वार्षिक कार्ययोजना बनाउदा रक्तदानलाई महत्व दिनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको