२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नेपाल स्वयंसेबी रक्तदाता समाजको आकस्मिक रक्तदान



बुटवल । कोरोना भाईरसको संक्रमण रोक्न आशिक लक डाउन जारी छ । यस्तो बेला विभिन्न रोग तथा दुर्घटनाका बिरामीहरुलाई रगतको अभाव छ । रगतको अभाव रोक्न बुटवलमा शनिबार आकस्मिक रक्तदान गरिएको छ ।

नेपाल स्वयंसेबी रक्तदाता समाज, बुटवल लेडि जेसिस तथा लायन्स क्लब अफ सिद्धबाबा भृकुटीको संयुक्त आयोजनामा रक्तदान गरिएको संयोजक कमला पन्थले बताईन ।

नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ७० युनिट रगत संकलन भएको संयोजक तुलसा न्यौपाने सिहले बताईन । कार्यक्रमको पिएमजिएफ सुनिल ओझाले उद्घाटन गरेका थिए । सामाजिक कार्यमा अग्रसर क्लबहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा डिष्ट्रिक डिपार्टमेन्ट चिफ अमृता कालिराज, एरिया चिफ एमजेएफ सन्दिप कसौधन, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान, बुटवल लेडि जेसिस पुर्व अध्यक्ष राधिका पोखरेल, क्लबका अध्यक्ष कल्पना पाण्डे, क्लबका सचिव सुमन पछाईले हरेक क्लबहरुले वार्षिक कार्ययोजना बनाउदा रक्तदानलाई महत्व दिनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : ३९ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात