४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्थापना दिवसमा वृक्षारोपण र दीप प्रज्वलन



बुटवल । बुटवल फर्निचर उद्योग संघको २१ औ स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा दीप प्रज्वलन गरिएको छ ।

स्थापना दिवसमा शनिबार ढवाहास्थित पिस पार्कमा वृक्षारोपण तथा आफनै कार्यालय परिसरमा दीप प्रज्वलन गरिएको हो । वार्षिक कार्ययोजना अनुसार वृक्षारोपण गरिएको संघका अध्यक्ष बिष्णु प्रसाद पाण्डेले बताए ।

कोरोना भाईरस संक्रमणको विषम परिस्थितिमा भिडभाड नगरि सामाजिक दुरि सहितको सामान्य कार्यक्रम गरि वार्षिकोत्सव मनाइएको उनले बताए । हरेक वर्ष धेरै बिरुवा रोपिए पनि संरक्षण नहुने समस्या रहेको भन्दै उनले पिस पार्कमा गरिएको बिरुवा नमुना र संरक्षण हुने आशा ब्यक्त गरे ।

कार्यक्रममा ब्रह्माकुमारी नारायणी दिदिले वृक्षारोपण महत्वपुर्ण विषय भएको बताईन । बदलिदो विश्व वातावरण जोगाउन समेत वृक्षारोपण पवित्र काम भएको उनले दाबी गरिन । बोटबिरुवालाई रोपेपछि धेरै रेखदेख गर्नुपर्ने, भिटामिन राख्ने, काटछाट समेत जरुरी हुने भएकाले यसतर्फ पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा संघका सल्लाहकार विष्णु कुमार श्रेष्ठ, बोनिन पिया, निवर्तमान नरेश कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र ज्ञवाली, महासचिव जिवकान्त काफ्ले, ब्रह्माकुमार भरत कुमार, मिना दिदीले ब्यवसायिक संस्थासंगै सामाजिक काममा अग्रसर हुनु गौरवको विषय भएको बताए ।

कपुर, धुपिसल्ला, तेजपत्ताका ३० वटा बिरुवा रोपिएको कार्यक्रमका संयोजक बल बहादुर गोदारले बताए । बताए । बिस २०५६ सालमा स्थापना भएको संस्थाले निरन्तर वृक्षारोपण गर्दै आएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : ४३ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ