९ श्रावण २०८३, शनिबार | July 25, 2026

हटेन एमालेको संसद अवरोध, शुक्रबार दिउँसोसम्मलाई बैठक स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालले बुधबार पनि संसद्‍मा अवरोध जारी राखेको छ। एमालेले उठेर नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसोसम्मलाई स्थगित गरेका छन्।

एमालेको अवरोधपछि सभामुख घिमिरेले बुधबारका निर्धारित कार्यक्रमका सूची हटाएर शुक्रबार दिउँसो २ बजेसम्मलाई बैठक स्थगित गरेका हुन्।

गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चसरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम गर्दै एमालेले बुधबार पनि संसद अवरुद्ध गरेको हो।

मंगलबार बिहानभरीको कसरत पछि सुचारु भएको संसद्‍मा जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल उच्चस्तरीय समिति बनाउन नसकिने जवाफ दिएका थिए। जवाफमा चित्त नबुझाएको एमालेका सांंसदहरुले मंगलबार नै उठेर बिरोध जनाएका थिए ।

गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ।

सो सुन प्रकरणको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा समस्या हुने सरकारको तर्क छ । संसद् खुलाउने प्रयार स्वरुप बुधबार पनि बालुवाटारमा बैठक भएको थियो। तर त्यहाँ पनि सहमति हुन सकेन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भए पनि सहमति नजुटेपछि संसद्मा एमालेको अवरोध हटेन।

पछिल्लो समय ललिता निवासको सरकारी जग्गा हडप्नेहरुविरुद्ध सीआईबीले नै अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १ : ५२ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा