१९ बैशाख २०८३, शनिबार | May 2, 2026

सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय



काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारका सहभागी गराउने यसअघि नै बताइसकेका थिए । सो पार्टीका तर्फबाट अनितादेवी साहलाई मन्त्री बनाउने निर्णय यसअघि नै जनमत पार्टीले गरिसकेको छ ।

सत्तागठबन्धमा भए पनि जनमत पार्टी सरकारमा सहभागी हुन सकेको थिएन । बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको पछिल्लो अवस्था र शान्ति सुरक्षालगायतका विषयमा बैठकमा जानकारी गराएका थिए ।

मन्त्री मोदी पछिल्लो समय दुर्गमका कर्मचारीलाई सुगम र सुगम सहित काठमाडौं नछाडेका सरकारी कर्मचारीलाई दुर्गममा सरुवा गरेर चर्चामा आएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ०० बजे

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको

जैविक मार्ग धमाधम संरक्षण हुँदै

नेपालगन्ज । वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले सङ्कटमा परेको बाँकेस्थित

रास्वपा सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि सचिवालय बैठक आह्वान

राष्ट्रपतिलाई भेटेका आङ्देम्बेले गराए अध्यादेशबारे विपक्षी दलको धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट पाँच हजार अमेरिकी सैनिक फिर्ता हुँदै

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी