९ श्रावण २०८३, शनिबार | July 25, 2026

आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ : कांग्रेस नेता निधि



मलेखु । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विसं २०८४ को आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन् ।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता निधिले वर्तमान सरकार निर्माण गर्दा नै विसं २०८४ को आमनिर्वाचन पार्टी सभापति देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको स्मरण गराए ।

“चालु संसद् पाँच वर्ष कायम रहनु नै वर्तमानको सन्दर्भमा स्थिरता कायम रहनु हो, यो संसद् पाँच वर्ष नै कायम रहन्छ”, निधिले भने, “विसं २०८४ मा हुने आम निर्वाचनसम्म देशमा तीन वटा प्रधानमन्त्री पाउने छ, संसद् विघटन हुने छैन ।” सरकारको नेतृत्व परिवर्तन हुनु अस्थिरता नभएर संसद् विघटन हुनु अस्थिरता रहेको उनले बताए ।

कांग्रेस नेता निधिले २०८४ सालको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै त्यसका लागि कांग्रेसको सङ्गठन मजबुत बनाउन र जनमुखी काम गर्न कार्यकर्तासँग आग्रह गरे । नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाका स्व पिता सोमनाथ ढुङ्गानाको १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि दिन निधि धादिङ आइपुगेका हुन्।

नेपाली कांग्रेस धादिङले आयोजना गरेको श्रद्धाञ्जलि सभामा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागीसमेत सहभागी थिए । सभापति देउवाले पञ्चायती व्यवस्थाको समयमा पनि जनताको मत जितेर लोकतन्त्रको पक्षमा काम गरेकाले कांग्रेसजनले उहाँलाई प्रेरणाको रुपमा लिनुपर्ने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ८ : ३० बजे

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख