१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

लुम्बिनी प्रदेशसभा सचिव पुनले लिए दोस्रो कार्यकालको लागि शपथ



दाङ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले शपथ लिएका छन्। सभामुख तुलाराम घर्तीमगरले सचिव पुनलाई बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

उनलाई सभामुख घर्तीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सचिव पदमा नियुक्त गरेका हुन्। आइतबार प्रदेश प्रमुख शेरचनको कार्यालयमा जिम्मेवारी पाएका पुनले बुधबार शपथग्रहणपछि पुनः काम सुरु गरेका छन्। पुनले यसअघि ५ वर्ष प्रदेशसभा सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।

दोस्रो कार्यकालको लागि जिम्मेवारी पाएका पुनले पहिलो कार्यकालमा शून्यबाट सुरु गरेर अस्थायी राजधानीबाट काम गर्दा भौतिक पूर्वाधार, संघीयता कार्यान्यवन र कानुन निर्माणमा संसद् सचिवालयमा काम गरेको बताए। दोस्रो कार्यकाल सुरु गर्दा स्थायी राजधानीमा भौतिक, प्रशासनीय र विधि व्यवस्थापन गर्न उत्तिकै चुनौती र महत्वपूर्ण रहेको बताए।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ९ : ३३ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू