१२ पुस २०८२, शनिबार | December 27, 2025

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आइतबारदेखि बस्ने



काठमाडौं। सत्तासाझेदार नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक यही भदौ ३ गतेदेखि सुरु हुने भएको छ।

शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको हो।

त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ। दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार मुख्य अजेण्डा रहेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने उनको भनाइ छ।

एकीकृत समाजवादी आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ।

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  ८ : १७ बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं । हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले

भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी । भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको

बालेन र कुलमानबीच छलफल, रास्वपाको प्रस्तावबारे छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत