६ श्रावण २०८३, बुधबार | July 22, 2026

गत साता साढे १ प्रतिशत घटेको नेप्से, यो साता कस्तो रहला फेरबदल ?



काठमाडौ । गत साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेको छ। अघिल्लो साता २०६६.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता १।५९ प्रतिशत अर्थात ३२.९२ अंक घटेर २०३३.१३ विन्दुमा झरेको थियो।

पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन बजार नकारात्मक भइ बन्द भएपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको हो।

साताको अन्तिम कारोबार दिन नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु अबका दिनमा बजार बढ्छ कि घट्छ भन्ने अन्योलता थपेको छ ।

यद्यपि, साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। जसले सो साता बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

अहिले बजार ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। यस साता नेप्से परिसूचक उकालो लागेमा २०९० देखि २१२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। यद्यपि, उकालो लाग्नका लागि २०४५ को ब्रेकआउट विन्दु पार गर्नु पर्नेछ। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा भने १९६० देखि १९९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

नेप्सेसँगै गत साता भोल्यूम पनि कमजोर देखिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ९ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १७३ प्रतिशत कम हो।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  १० : ५० बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा