१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

दशौं महाधिवेशन गर्ने निर्णय गर्दै सकियो एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक



काठमाडौं । दशौं महाधिवेशन गर्ने निर्णय गर्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ। ललितपुरको बालकुमारीको पार्टी कार्यालयमा मंगलबारदेखि जारी बैठकले गठन भएको २ वर्षको अवधिमा दशौं महाधिवेशनको निर्णय गर्दै आज सकिएको हो।

बैठकले माघ १४ देखि १८ गते दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ। यस्तै बैठकले अध्यक्ष माधव कुमार नेपालले बैठकमा पेश गरेका राजनीतिक र सांगठनिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।

बैठक सकिएपछि महासचिव घनश्याम भुसालले जारी गरेको पूर्णपाठमा बैठकले एमसीसी सम्झौता ठूलो विवादका बीच नेपालको हित रक्षाको प्रत्याभूतिका लागि संसदबाट व्याख्यात्मक घोषणा गरिएको तथ्य स्मरण गराउँदै संसदले व्याख्यात्मक घोषणालाई सम्झौताका अंग बनाएर समझौता कार्यान्वयनको अनुगमन गर्न संसदीय समिति बनाउन सरकारसँग जोडदार माग गरिएको छ।

बैठकले २०८३ सालमा हुने स्थानीयतह निर्वाचनमा बहुमत आउने गरि संगठन परिचालन गर्ने तथा आगामी मंसिरसम्ममा कमिटी नभएका सबै स्थानीय तह सम्म कमिटी गठन गरि सक्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ९ : २० बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि