६ पुस २०८२, आइतबार | December 21, 2025

दशौं महाधिवेशन गर्ने निर्णय गर्दै सकियो एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक



काठमाडौं । दशौं महाधिवेशन गर्ने निर्णय गर्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ। ललितपुरको बालकुमारीको पार्टी कार्यालयमा मंगलबारदेखि जारी बैठकले गठन भएको २ वर्षको अवधिमा दशौं महाधिवेशनको निर्णय गर्दै आज सकिएको हो।

बैठकले माघ १४ देखि १८ गते दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ। यस्तै बैठकले अध्यक्ष माधव कुमार नेपालले बैठकमा पेश गरेका राजनीतिक र सांगठनिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।

बैठक सकिएपछि महासचिव घनश्याम भुसालले जारी गरेको पूर्णपाठमा बैठकले एमसीसी सम्झौता ठूलो विवादका बीच नेपालको हित रक्षाको प्रत्याभूतिका लागि संसदबाट व्याख्यात्मक घोषणा गरिएको तथ्य स्मरण गराउँदै संसदले व्याख्यात्मक घोषणालाई सम्झौताका अंग बनाएर समझौता कार्यान्वयनको अनुगमन गर्न संसदीय समिति बनाउन सरकारसँग जोडदार माग गरिएको छ।

बैठकले २०८३ सालमा हुने स्थानीयतह निर्वाचनमा बहुमत आउने गरि संगठन परिचालन गर्ने तथा आगामी मंसिरसम्ममा कमिटी नभएका सबै स्थानीय तह सम्म कमिटी गठन गरि सक्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ९ : २० बजे

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक