९ श्रावण २०८३, शनिबार | July 25, 2026

सरकारले थालेको सुशासनको कामबाट प्रतिक्रियावादीहरु विक्षिप्त भए : प्रचण्ड

'सरकारमा बसेर नयाँ खालको जनयुद्ध सुरु गरेका छौं'



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा बसेर नयाँ खालको जनयुद्ध थालेको बताएका छन् ।

पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको ‘जनतासँग माओवादी अभियान’लाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी कार्यकर्ताहरूको शीर उँचो राख्न आफूले यस पटक सरकारमा बसेर नयाँ खालको जनयुद्ध थालेका बताका हुन्।

प्रचण्डले भने, ‘माओवादी हौँ भन्न पनि कता कथा अप्ठेरो मान्ने अनि हाम्रा दुश्मन परिवर्तनका विरोधीहरूले हुंकार गर्ने अवस्थाको अन्त गर्न नयाँ जनयुद्धको सुरुआत गरेको छु । यो जनयुद्धमा हिंसा हुँदैन, हतियारको प्रयोग हुँदैन तर यो जनयुद्ध नै हो । यसको सुरुआत लिडरशीपबाटै हुनुपर्‍यो भनेर गरिएको छ । यसले लाखौँ करोडौँ जनताको मत जित्ने पनि छ ।

नयाँ क्रान्ति नथाल्ने हो भने परिवर्तन उल्टिएर देश दुर्घटनामा पर्ने खतरा देखिएको जिकिर गर्दै उनले आफूले प्रधानमन्त्रीको रूपमा माओवादीलाई मजबुत पार्न खोजेको बताए ।

प्रधानमन्त्री समेत रहेका प्रचण्डले ‘प्रचण्ड’ ले सरकारले थालेको सुशासनको कामबाट प्रतिक्रियावादीहरु विक्षिप्त भएको टिप्पणी गरे । उनले अहिले प्रतिक्रियावादीहरु विछिप्त भएपछि सरकार र माओवादी नेतृत्वविरुद्ध षड्यन्त्र रचिरहेको आरोप समेत लगाए ।

उनले सरकार सुशासनको पक्षमा नक्कली भुटानी, शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिनाको छानबिनलगायतका तस्करी नियन्त्रणको प्रयासमा लागेपछि प्रतिक्रियावादीहरु आत्तिएको जिकिर गरे । प्रचण्डले भने, ‘यो देखेर अतिवादीहरू विक्षिप्त भएका छन् । नेतृत्व र सरकारलाई बदनाम गर्ने षड्यन्त्र भएका छन् तर उनीहरू जनतामा भने गिर्दै गएका छन् ।’

प्रचण्डले हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट समाजवादी क्रान्तिको अभियानको सुरुवात भएको दाबी गरे ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  १० : ४८ बजे

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा