७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका उम्मेद्वार रिजालको प्रतिनिधित्व नै अवैध ! 



बुटवल । नेकपा (एमाले) को बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हरि रिजालको वैधानिकतामाथि नै प्रश्न उठेको छ । प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर -६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यता नै नरहेको कुरा बाहिरिएपछि उनको प्रतिनिधित्वमा समेत पश्न उठेको हो ।

जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलसँगै  चुनाव लड्ने तयारी गरेका रिजालको काठमाडौंमा संगठित सदस्यता सारेको हुँदा उनको प्रतिनिधित्व अवैध भएको तथा उम्मेदवारी स्वतहः खारेज हुने एमाले नेताहरु बताउँछन् ।

यद्यपि रिजाललाई वैधानिक कायम गर्न नेताहरुले सिफारिस तयार पार्ने तयारी भएको स्रोतले बताएको छ । दुई पक्ष बीच सहमतिका लागि लामो प्रयास गर्दा पनि टुङ्गो नलागेपछि दुबै जनाले आइतबार उम्मेदवारी दर्ता गराएका थिए ।

रिजालको सङ्गठित सदस्य सङ्ख्या १७५१ नम्बर लुम्बिनी प्रदेशमा रहेको छैन । रिजालले आइतबार दर्ता गराएको १०१ नम्बरमा अध्यक्ष पदको उम्मेदवारी खारेज हुने देखिएको हो ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी छन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  १ : ०९ बजे

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको