९ श्रावण २०८३, शनिबार | July 26, 2026

महेन्द्र यादवमाथिको आक्रमणप्रति सांसदहरुको आपत्ति, मागे प्रधानमन्त्रीको जवाफ



काठमाडौं । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कांग्रेसका सहमहामन्त्री तथा संविधानसभा सदस्य महेन्द्र यादवमाथिको सांघातिक आक्रमणप्रति आपत्ति जनाउँदै सरकारसँग जवाफ मागेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि आक्रमणले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने अवस्था सृजना भएको हो भन्दै प्रश्न गरेका छन् ।

यादव भाग्यले बाँचेको भन्दै उनले भने, ‘सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । थामथुम पार्ने प्रयास हुँदैछ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । राम्रोसँग अनुसन्धान होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ ।’

साथै प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश बर्तौलाले पनि यादवमाथिको आक्रमणप्रति आपत्ति जनाए । उनले यस घटनाका विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  १ : ४९ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको