२९ मंसिर २०८२, सोमबार | December 15, 2025

महेन्द्र यादवमाथिको आक्रमणप्रति सांसदहरुको आपत्ति, मागे प्रधानमन्त्रीको जवाफ



काठमाडौं । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कांग्रेसका सहमहामन्त्री तथा संविधानसभा सदस्य महेन्द्र यादवमाथिको सांघातिक आक्रमणप्रति आपत्ति जनाउँदै सरकारसँग जवाफ मागेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि आक्रमणले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने अवस्था सृजना भएको हो भन्दै प्रश्न गरेका छन् ।

यादव भाग्यले बाँचेको भन्दै उनले भने, ‘सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । थामथुम पार्ने प्रयास हुँदैछ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । राम्रोसँग अनुसन्धान होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ ।’

साथै प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश बर्तौलाले पनि यादवमाथिको आक्रमणप्रति आपत्ति जनाए । उनले यस घटनाका विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  १ : ४९ बजे

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ