९ भदौ २०८३, मंगलबार | August 25, 2026

नेम्वाङ पार्थीव शरीरमा राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्रीद्वारा सम्मान व्यक्त



काठमाडौं। संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको तर्फबाट सम्मान व्यक्त गरेका छन् ।

बिहीबार पशुपति आर्यघाट पुगेर प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थीव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।

पशुपति आर्यघाट पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका छन् । अहिले पनि श्रद्धाञ्जली दिने कार्य चलिरहेको छ ।

बिहीबार बिहान नेम्वाङनिवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थीव शरीरलाई पशुपति आर्यघाट पुर्‍याइएको हो ।

गएको मंगलबार बिहान हृदयाघातबाट निधन भएका नेम्वाङ राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । मंगलबार च्यालसस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थीव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उनको पार्थीव शरीरलाई पशुपति आर्यघाट लगिएको हो ।

उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  २ : ३२ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी