९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेकपा एकीकृत समाजवादीमा २१ केन्द्रीय सदस्य मनोनीत, नेताहरुको तोकियो जिम्मेवारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीले विभिन्न नेतालाई विभिन्न जिम्मेवारी दिएको छ। अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा स्थायी कमिटी सदस्य रहेका हरि पराजुलीलाई सचिव मनोनित गरिएको छ।

यस्तै २१ जना केन्द्रीय सदस्य मनोनित भएका छन्। केन्द्रीय अनुशासन, लोखा परक्षिण र निर्वाचन आयोगको अध्यक्ष र सदस्य तोकिएका छन्। अनुशासन आयोगको अध्यक्षमा शिवबहादुर देउवा, उपाध्यक्षमा लेखनाथ गुरागाईँ र सचिवमा बालचन्द्र मिश्रले जिम्मेवारी पाएका छन्।

लेखा परीक्षण आयोको अध्यक्षमा भरतकुमार श्रेष्ठ, उपाध्यक्षमा विद्या ढकाल र सचिवमा सुशील ढुंगानालाई जिम्मेवारी दिइएको छ। निर्वाचन आयोगको अध्यक्षमा माधव पौडेल, उपाध्यक्षमा चन्द्रकान्त ज्ञवाली र सचिवमा रोशन सुवेदी छन्।

एकीकृत समाजवादीले अजयबहादुर मल्ल (बाजुरा), ओमचरण अमात्य (भक्तपुर), गौतम राई (काठमाडौं), गोविन्द चेपाङ (मकवानपुर), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा) र दीपक केसी (काठमाडौं) लाई केन्द्रीय सदस्य मनोनीत गरेको छ।

यस्तै धनबहादुर कार्की (रामेछाप), धर्म शाही (मुगु), नन्द बञ्जाडे (काठमाडौं), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्वत), भक्तिमान सुब्बा (पाँचथर), मीना लामा (मकवानपुर), रामप्रसाद ढुंगाना (काठमाडौं), लंक हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासी पूर्व), शिवकुमारी खनाल (काठमाडौं), शैलेन्द्र उपाध्याय (रुपन्देही) र सुदेश पराजुली (काठमाडौं) लाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ६ : ५५ बजे

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई