४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्रीद्वारा १९औँ एसियाली खेलकुदमा भाग लिन जाने टोलीको बिदाइ



काठमाडौं । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।

बालुुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा प्रचण्डले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए। प्रधानमन्त्री प्रचण्डले यसअघि घोषणा गरिएको खेलाडीका लागि पुरस्कार रकम प्राविधिक कारणले केही ढिला भएको भन्दै भोलि बस्ने मन्त्रिपरिषद् बैठकले घोषित पुरस्कार रकम निकासा गर्ने उल्लेख गरे ।

खेलाडीलाई सफलताको शुभकामना दिँदै उनले आफूलाई जानकारी भएसम्म चीनमा खेलाडीका लागि राम्रो व्यवस्थापन भइसकेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “तपाईँहरूले देशको गौरव र उचाइ बढाउनु हुनेछ भन्ने विश्वास छ, म आफूसमेत उद्घाटनमा सहभागी हुनेछु । मेरा लागि पनि एसियाली खेलकुद रोमाञ्चक हुनेछ ।”

प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणपछि एसियाली खेलकुदको उद्घाटनअघि चीन पुग्नुहुने कार्यक्रम रहेको छ । चीनको हाङझाउमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता यही असोज ६ देखि २१ गतेसम्म हुनेछ । उक्त प्रतियोसगतामा सहभागी हुने नेपाली खेलाडी तथा व्यवस्थापकलाई प्रधानमन्त्री प्रचण्डले बिदाइ गरेका हुन्् । युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले खेलाडीलाई सफलताको शुभकामना प्रदान गरे ।

यसपटकको एसियाली खेलकुदमा नेपालका तर्फबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहनेछ । जसमा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडी सहभागी छन् ।

नेपालका तर्फबाट बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टस्मा २३ खेलाडीको सहभागिता रहनेछ ।

त्यस्तै, फेन्सिङमा छ, फुटबलमा २२, गल्फमा छ, ह्यान्डबलमा १६, जुडोमा आठ, कबड्डीमा १२, करातेमा आठ, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा छ, पौडीमा चार, टेबल टेनिसमा छ, तेक्वान्दोमा ११, टेनिसमा छ, ट्रायथलनमा चार र भलिबलमा २४ खेलाडी सहभागी छन् ।

भारत्तोलनमा पाँच, कुस्तीमा चार तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ । आज भएको बिदाइ कार्यक्रममा भने विभिन्न १९ खेलका खेलाडीमात्र सहभागी थिए । बाँकी खेलका खेलाडी उपत्यका बाहिर तथा देश बाहिर बन्द प्रशिक्षणमा रहेका छन् ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ८ : १९ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा