२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

‘सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित’



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी हुनबाट रोक्ने अनेक प्रयास गरिएको बताएका छन ।

अध्यक्ष ओलीले नेम्वाङको अन्त्येष्टि गरेर पशुपति आर्यघाटबाट फर्केपछि आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, “सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनुभएको रहेछ । उहाँलाई मैले तपाईं ३ गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौँला भनेँ ।”

उनले सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिँदै मलाई भेट्न आएको उल्लेख गर्दै भनेका छन, “उहाँले अलि हडबडाउँदै भन्नुभयो, ‘डरलाग्दो स्थिति छ, ३ गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै बर्बाद हुनेछ । यस्तो भयो भने त देश नै सकिन्छ ।’”

दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दबाब रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूलाई भेटन आउँदा सधैँ शान्तरूपमा प्रस्तुत हुने नेता नेम्वाङ त्यो दिन कडारूपमा प्रस्तुत भएको बताएका छन ।

अध्यक्ष ओलीले संविधान जारी भएपछि नाकाबन्दी भएको भन्दै भनेका छन, “हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !”

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  १० : ३९ बजे

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

काठमाडौं । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ

सुनको मूल्यमा एकैदिन १० हजारभन्दा बढी गिरावट, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका-४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय