४ पुस २०८२, शुक्रबार | December 19, 2025

संबिधानसभा अध्यक्ष नेम्वाङको सम्झनामा सबै प्रदेशमा विचार गोष्ठी हुदैँ



काठमाडौं । नेकपा एमालेले आज संविधानसभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठीको गर्दैछ ।

एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा हालै दिबगंत नेताको सम्झनामा  ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।

गत शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको थियो। जसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

साथै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेश, कोशी प्रदेशमा रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेल, कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डेले प्रमुख वक्ताका रूपमा दिबगंत उपाध्यक्ष नेम्वाङले संबिधान निर्माणमा गरेको योगदानका बारेमा चर्चा परिचर्चा गर्नेछन ।

नेम्वाङको अघिल्लो मंगलबार हृदयघातका कारण निधन भएको थियो।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ७ : ५३ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा