३ असार २०८३, बुधबार | June 17, 2026

सूर्य नेपाल प्रा. लि.ले गर्‍यो सात प्रदेशलाई एक एक करोडको सहयोग



काठमाडौं । सूर्य नेपाल प्रा.लि.ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सातवटै प्रदेशलाई रु. १ करोडको दरले सहयोग गरेको छ ।

आज एक कार्यक्रमका वीच कम्पनीका भाइस प्रेसिडेण्ट कर्पोरेट, रवि केसीले १ करोडका दरले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई एक एक करोडको चेक हस्तान्तरण गरेका हुन ।

यस्तै सूर्य नेपाल प्रा.लि तनहुँका प्रमुख श्री बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई रु १ करोडको चेक हस्तान्तरण गरेका छन् । यस्तै प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।

सहयोग रकम प्रत्येक प्रदेशका कोरोना कोष अन्तर्गत   प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, विराटनगर, प्रदेश २ कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष, जनकपुर,   बागमती प्रदेश कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथाउपचार कोष, हेटौंडा, गण्डकी प्रदेश  कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, पोखरा, प्रदेश ५ कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, बुटवल, कर्णाली   प्रदेश विपद् व्यवस्थापन कोष, विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशः कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, धनगढीलाई रु.१ करोड सहयोग बापत प्रदान गरिने कम्पनीले जनाएको छ ।

कोरोनाको जोखिम हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले जनसमुदायमा त्रास फैलाइरहेको सर्वविदितै रहेको अवस्थामा यस आर्थिक सहयोगबाट कोरोना भाइरस विरुद्ध लड्न हरेक प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने विश्वास कम्पनीको लिएको छ ।

सूर्य नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न सदैवतत्पर रहँदै लकडाउनको जटिल अवस्थामा पनि कोभिड प्रभावित जनतालाई राहत उपलब्ध गराउन बारा, पर्सा र तनहुँ जिल्लाका नगरपालिका तथा विभिन्न वडाहरुमासहयोग प्रदान गरेको थियो । आगामी दिनहरुमा समेत यस्ता सहयोगहरु निरन्तर गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ७ : ०९ बजे

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ४५

पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता

पाल्पा । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा