२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पुस भित्र १२ वटै जिल्लाको अधिवेशन गर्ने निणर्य गर्दै सकियो एमाले लुम्बिनी बैठक

'अवैधानिक कमिटी बनाईए सूचना पाएको अर्को दिन भंग गरिने'



बुटवल । पुसभित्रै लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरूका अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ ।

भदौ १६ गते राधाकृष्ण कँडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएपछि बिहीबार बुटवलमा पहिलो पूर्ण बैठक बसेको हो । पूर्ण बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले अहिलेको कमिटीले आगामी संघ, प्रदेश र स्थानीय तहको चुनाव गराउने र पार्टीको ११ औं महाधिवेशन गराउने भएकाले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने जिम्मेवारी आएको बताइन् ।

उनले अधिवेशनमा उत्पन्न प्रतिस्पर्धाको मनोविज्ञानको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउने गरि योजना बनाउन निर्देशन दिइन् । गुटबन्दी गर्ने कसैलाई छुट नभएको उल्लेख गर्दै उनले अवैधानिक कमिटी बनाईए सूचना पाएको अर्को दिन भंग गरिने चेतावनी दिइन् । हरेकसँग विधान र नियमावलीका दस्तावेज हुनुपर्‍यो, कमिटीको महत्व र जिम्मेवारी नहुँदा चाहियो भन्ने काम गर्दा लैजा भन्ने कुरा अराजकता हो ।’ उनले भनिन् ।

पार्टीमा फुर्सदका बेला काम गर्ने मात्र नभएर कम्युनिस्ट पार्टीको आचरणअनुसार काम गर्ने कार्यकर्ता जन्माउनु पर्ने उनको भनाइ थियो । पार्टीका जिम्मेवारीमा बसेकाहरुको आचरण सुधार गर्नुपर्ने भन्दै उनले कम्युनिस्ट पार्टीका कार्यकर्ता विचारमा पनि स्पष्ट हुनुपर्ने बताइन् ।

बैठकले अधिवेशनको समीक्षा गर्दै सचिवालय गठन, विभागीय जिम्मेवारी बाँडफाँड, जनसंगठनको भेला, पार्टी इतिहास लेखन र स्कुल विभाग संचालन तथा कार्यालय व्यवस्थापनका विषयमा टुंगो लगाएको प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

लुम्बिनीमा सबैभन्दा पहिले अधिवेशन भएकाले जिल्लाहरुको पनि पहिले अधिवेशन सक्नेगरी योजना बनाइएको घिमिरेले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : ०५ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित