१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

एकीकृत समाजवादीले जागरण अभियानअन्तर्गत बुटवलमा जनसभा र अन्तर्क्रिया गर्ने



बुटवल । नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियानअन्तर्गत रुपन्देहीमा विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागेको जनाएको छ ।

पार्टीले बुटवलमा आज पत्रकार सम्मेलन गरी एकीकृत समाजवादीले असोज २१ गते भैरहवा र २ गते बुटवलमा अन्तक्रिया र जनसभा आयोजना गर्ने जनाएको हो । दुवै कार्यक्रमलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल सहितका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

एकीकृत समाजवादीले युवा शक्तिको पलायनको समस्या अन्य गरी रोजगारी स्वदेशमा रोजगारी, राष्ट्रिय पूजीको विकास गरी राष्ट्रिय उद्योग स्थापनाको वातावरण, कृषि उत्पादन विक्रिको ग्यारेन्टी सांस्कतिक अतिक्रमणको प्रतिरोध, निशुल्क र गुणस्तरीय शिक्षा, निशुल्क स्वास्थ्य सेवा, राष्ट्रिय एकताको प्रवद्धन र शान्ति सुरक्षाको ग्यारेन्टी, विचारको पुर्नगठन र समाजवादी वैचारीक पार्टी निर्माणको एजेन्डासहित समाजवादी जागरण अभियान चालिएको जनाएको छ ।

असोज १४ गते मेचीदेखि शुरु भएको समाजवादी जागरण अभियान २५ गन महाकाली पुगेर समापन हुँदैछ । अभियानलाई सफल बनाउन पार्टीले सबैपक्षसँग अपील पनि गरेको छ ।

अभियानका क्रममा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका साढ़े तीन हजार नेता कार्यकताहरू एकीकृत समाजवादी पार्टीमा समाहित भएको सो पार्टीले दाबी गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ९ : १२ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ