२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

मुलुकमा बेरोजगारी ब्याप्त हुँदा युवा शक्ति विदेश पलायन भए : झलनाथ खनाल



भैरहवा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा बेरोजगारी ब्याप्त रहेको बताएका छन् ।

उनले रोजगारी नहुँदा युवा शक्तिहरु विदेश पलायन भइरहेको जनाए । समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका खनाल आइतबार समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवाशक्तिहरु खाडीलगायतका मुलुकमा पलायन हुनु मुलुकका लागि ठीक नभएको बताए ।

उनले यही अस्वथा रहे देश युवाबिहीन हुने खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘युवालाई मुलुकमै टिकाउन जरुरी छ, यसका लागि रोजगारी बृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास जरुरी छ’, उनले भने । उनले मुलुकमा रोजगारी बृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने जनाए ।

यस्तै, नेता खनालले नेपालमा नयाँ ढङ्गको ध्रुविकरणको आबश्यकता रहेको समेत बताए । बर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै उनले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुविकरण आबश्यकता रहेकोमा जोड दिए । ‘समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरु एक हुनुपर्ने हुन्छ’, उनले भने, ‘यसका लागि नयाँ ध्रुविकरण जरुरी छ ।’

उनले २०७४ मा बनेको दुई तिहाईको सरकारबाट जनताले अपेक्षा गरे पनि गलत नेतृत्वका कारण मुलुक फेरि संकटमा परेको जनाए । उनले अहिलेको व्यवस्थाले आम नागरिकलाई भन्दा बढी विचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको उनको आरोप छ । उनले व्यवस्था फेरिए पनि त्यो व्यवस्था अनुसार जनताको जीवनस्तर र अबस्था नफेरिएको बताउँदै समाजवादमा जाने कि पुँजीवादमै रहने भन्ने बिषयमा व्यापक बहस चलाउनु पर्ने बताए ।

नेता खनालले अहिलेका तीन तहका सरकारले जनताको काम गर्न नसकेको बताए । ‘यो व्यवस्थामा कुनै सरकारले काम गर्न सक्दैन’, उनले भने, ‘यसैले व्यापक सुदृढिकरण जरुरी छ । यसैले हामीले नयाँ योजनासाथ अभियान चलाएका छौं ।’ मुलकुमा आर्थिक, सामाजिक र सांस्कृतिक संकट गहिरिँदै गएको उल्लेख गर्दै नेता खनालले समाजवादी यात्राले जनतामा बढ्दो निरासालाई कम गर्न मद्दत गरेको बताए ।

 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ११ : २६ बजे

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

“सपना हो कि विपना हो यो, के हो जिन्दगी ?

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा