६ श्रावण २०८३, बुधबार | July 22, 2026

खजुराबाट ब्राउनसुगरको कारोबार गरिरहेको अवस्थामा १४ वर्षीय किशोर सहित ४ जना पक्राउ



खजुरा । बाँकेमा १४ वर्षीय किशोर समेत लागु औषध सेवन तथा ओसारपसरारमा प्रयोग भएको फेला परेको छ । आज बाँके प्रहरीले १४ वर्षीय किशोर सहित चार जनालाई लागु औषध ब्राउनसुगरसहित पक्राउ गरेसँगै लागु औषध कारोबारमा नाबालिक प्रयोग हुने गरेको फेला परेको हो ।

इलाका प्रहरी कार्यालय, धनौली खजुराको टोलीले खजुरा गाउँपालिका वडा नं. ६, सिमलघारीबाट १४ वर्षीय किशोर सहित अन्य ३ जनाबाट २ ग्राम ६५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । नाबालक किशोर र २० वर्षीय कालु सुनारबाट सय मिलिग्राम ब्राउनसुगर तथा सिमलघारीबाटै २३ वर्षीय मनोज बस्याल र २४ वर्षीय बादल नेपालीबाट दुई ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी त्यहाँ पुग्दा लागु औषध सहित किशोर सहितका युवाहरु ब्राउन सुगर सहित फेला परेको इलाका प्रहरी कार्यालय धर्नालीका प्रमुख अशोक मल्लले जानकारी दिए ।

पछिल्लो समय बाँकेका बालक र किशोर लागु औषध र चोरीमा बढी फेला समातिने गरेका छन् । लागु औषधको लतमा लागेकाहरु चोरीमा संलग्न भएको पाइने गरेको प्रहरी तथ्याँकले देखाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ९ : ४५ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९