१० चैत्र २०८२, मंगलबार | March 24, 2026

छोरा पढाउन भारत पसेका कर्क दम्पत्तीको छोरालाई बसले किचेपछि सपना चकनाचुर(भिडीयोसहित)



खजुरा । ‘त्यही छोराको भविश्यका लागि भारत गयाथ्यौं, डाइबरले मेरा छोरा खाईदिया, अव म के गरुँ ? एउटै छारा थिया, दैबले लैदिया….,’ सोमबार स्कुल बस दुर्घटनामा मृत्यु भएका ११ वर्षीया जितु नेपालीकी आमाको बिलौना हो यो । छोराको बस दुर्घटनामा मृत्यु भएको खबर पाए देखि नै जितुकी आमा बासमती नेपालीका आँखाबाट आँसु थामिएका छैनन् ।

भारतको पौडीगढवालबाट रुँदै नेपाल फर्केकी बासमतीको आज साँझसम्म पनि आँखाबाट अनवरत आँसु झरिरहेका छन् । घर खर्च चलाउन र छोराछोरी हुर्काउने क्रममा लागेको ऋण तिर्न साना साना नाबालक छोरा छोरीहरु नेपालमा छाडेर भारत काम गर्न गएका जीतुका बुवा कर्क सार्की र बासमती नेपाली छोराको मृत्युको खबरले भक्कानिँदै आज नेपाल आइपुगेका हुन् ।

बाँकेको खजुरामा बिद्यालयको परीक्षा सकेर घर फर्कने क्रममा स्कुल बस जेठी नालामा खस्दा सोमबार जितु नेपालीको मृत्यु भएको थियो । आमा र बाबा भारतमा गएपछि मामासंग बसेर पढ्दै गरेका जितुको मृत्युले कर्क र बासमतीसँगै सिङ्गो सिमलघारी गाउँ शोकाकुल बनेको छ । छोरोलाई राम्रो स्कुल पढाउनकै लागि आफुहरु भारत गएको बासमतीले बताइन् । ३ छोरी मुनी एक्लो छोरा जितुलाई उनीहरुले खजुराको दीपक बोर्डीङमा भर्ना गरेका थिए । घरको कुनै इलम नभएपछि भारतबाट ज्याला मजदुरी गरेको पैसाले छोरो पढाउने कर्क दम्पत्तीको धोका थियो ।

स्वास्थ्यमा समस्यामा रहेकी जेठी छोरीको उपचारमा झण्डै ५ लाख ऋण लागेपछि ती दम्पत्ती ४ सन्तानलाई उनीहरुको मामाको जिम्मा लगाएर गढवाल तर्फ लागेका थिए । साहुले ज्याला नदिएकै कारण जितुको मासिक शुल्क समेत स्कुललाई उनीहरुले बुझाउन सकेका थिएनन् ।

बाँके खजुरा गाँउपालिकाको सुकुम्बासी बस्तीमा बस्दै आएका कर्कको परिवार आर्थिकरुपमा निकै कमजोर भएपनि छोरोलाई राम्रो शिक्षा दिने उनीहरुको सपना बस दुर्घटनामा छोराको मृत्यु भएसँगै समाप्त भएको छ । जुम्लाबाट बाँकेको खजुरा झरेका ती दम्पत्तीलाई बुढेसकालको सहारा पनि तीनै छोरा हुने आशामा छोरालाई बोर्डीङमा पढाएका थिए ।

पहाडको भिरालो बाटोमा बस दुर्घटना हुनुलाई स्वाभाविकरुपमा लिन सकेपनि तराईको सम्म बाटोमा नपत्याउने स्थानमा बस खसेको प्रति स्थानीयको आशंका छ । कुनै घुम्ती वा मोड नभएको सिधा बाटोमा बस पल्टेको स्थानीयको भनाई छ । केही महिना अगाडी पनि दीपक बोर्डीङको सोही बस खजुरा ६ को दशबिगाहामा खसेको र सोही बिग्रेको बस संचालन गर्दा पुनः दुर्घटना भएको खजुरा गाँउ पालिकाकी वडा सदस्य यमुना घर्तीले बताइन् । विद्यालयहरुलाई पुरानो र बिग्रेको बस चलाउन दिन नहुने घर्तीको भनाई छ ।

अत्यन्त न्युन आय भएका कर्क दम्पत्तीले नेपालमा बसेर बाँच्न सकिने आधार नभएकाले भारत पस्नुको विकल्प नभएको बताउँछन् । मृतकका आफन्तहरुले जितुले तिर्न बाँकी शुल्क मिनाहा सहित तिरेको शुल्क फिर्ता, छोरीहरुको पढाईदिने ग्यारेन्टी र उचित क्षतिपुर्तिको माग गरेपनि विद्यालयले सहमति नजनाउँदा आज दिनभरी भएको सम्वादको प्रयास निश्कर्षबिहिन भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ९ : २७ बजे

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने