८ जेष्ठ २०८३, शुक्रबार | May 23, 2026

योजनाबिहिन गाँउपालिकाका कारण खजुराका मुल सडकमा फोहरको डुङ्गुर



खजुरा । तस्वीरमा देखिएको दृष्य खजुरा गाँउपालिका वडा नम्बर ३ अन्तर्गत तिब्र शहरीकरणको क्रममा रहेका खजुरा बजार र १ नम्बर बजार बीचको दृष्य हो । स्थानीय सरकारले फोहर ब्यवस्थापनमा चासो नदेखाएपछि केही वर्ष देखि नेपालगन्ज गुलरिया मुल सडकमा रहेको यही स्थान स्थानीबासीका लागि डम्पिङ साइड बनेको छ ।

सिंहदरबारको अधिकार बोकेर स्थापना भएको स्थानीय तहले शासन गरेको दोस्रो कार्यकालको २ वर्ष पुग्दा पनि खजुराको मुल सडकमा थुप्रिएको फोहरको डुङ्गुरमाथि पालिका सरकारका जनप्रतिनिधिको दृष्टी पुग्न सकेको छैन । सानो क्षेत्रफलको जग्गामा ब्यापार ब्यवसाय गरेर बस्ने ब्यवसायीहरुले फोहर विसर्जन गर्ने कुनै बिकल्प नदेखेपछि रातीको समयमा मुल सडकको पेंडारी नालाको छेउछाउमा फोहर फाल्ने गरेका छन् ।

सरसफाई सिर्सकको ठुलो बजेट फ्रिज गराएको पालिका सरकारले शासन गरेको छैठौ वर्ष पुरा गर्दा खजुरा क्षेत्रमा न त फोहर ब्यवस्थापनको कुनै योजना बनाएको छ न त सरसफाई क्षेत्रमा कुनै काम गर्न सकेको छ । हुलाकी सडकको मुल सडककै किनारमा फोहरको डुङ्गुर थुप्रिएपछि सो सडक भएर यात्रा गर्ने यात्रीहरुले खजुराबासीलाई हेर्ने दृष्टीकोण नै नकारात्मक बनेको छ । नेपालगन्जबाट गुलरिया जाँदै गरेका रामचन्द्र त्रिपाठीले खजुरामा देखिएको फोहर स्थानीय सरकारको लज्जाको विषय भएको बताउँछन् ।

गतवर्ष फोहर ब्यवस्थापन शिर्शकमा ४ लाख मात्र बजेट बिनियोजन भएकोमा पालिकाले ३२ हजार ,८६० रुपैयाँ मात्र खर्च गरेर बाँकी बजेट फ्रिज गराएको थियो ।

खजुराका सक्रिय युवा उत्सव सिंजालीले खजुराका स्थानीयको पनि फोहर ब्यवस्थापनमा कमजोरी रहेको बताउँछन् । ‘स्थानीयले मुल सडकलाई फोहर फाल्ने ठांउ बनाउने, पालिकाले डम्पिङ साईड नखोज्ने, वडाले फोहर विसर्जनको ब्यवस्था नगर्ने । त्यसैका कारण नालामा फोहर थुप्रियो ।’ उनले भने ।

गाँउपालिकाको मुख्य ब्यवसायिक केन्द्र र मुल सडक रहेको खजुरामा फोहर थुप्रिनु बिडम्बना भएको स्थानीय ब्यवसायी रोशन सापकोटाले बताए । अघिल्लो कार्यकाल ग्रीनसिटीको नारामा मात्र सिमित भएको र नयाँ जनप्रतिनिधिहरुले पनि सिन्का नभाँचेको सापकोटाको आरोप छ ।

खजुरा वडा नम्बर ३ का वडा अध्यक्ष पुर्णबहादुर भण्डारीले भने कार्यपालिकाको बैठकले फोहर ब्यवस्थापनका बिषयमा निर्णय गर्दै ट्याक्टर खरिद भइसकेको र निकट भविश्यमा धनौली देखि कपास गेट सम्म र मनकामना चोक देखि बि गाँउसम्मको फोहर संकलन थालिने जानकारी दिए । पालिकाले मानखोलाको किनारमा डम्पिङ साइड पहिचान गरिसकेको उल्लेख गर्दै भण्डारीले त्यसको बिकल्पमा कपास फारम पछाडीको चिहानघाटलाई राखिएको बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १० : २१ बजे

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा

बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष