७ पुस २०८२, सोमबार | December 22, 2025

दिल्लीमा गुडिरहेको बसमा आगलागी, दुईको मृत्यु



नयाँदिल्ली । दिल्लीसँगै रहेको साइबर सिटी गुरुग्राममा एउटा चलिरहेको भोल्भो बसमा आगलागी भएको छ । सो घटनामा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनामा घाइते भएकाहरुलाई सरकारी अस्पताल लगिएको छ ।

यो बस गुरुग्रामबाट महोबा जाँदै थियो। सुरुमा १०-१२ जनाले बसको झ्यालबाट हाम फालेर ज्यान बचाएको जानकारी आएको थियो भने अर्कोतर्फ जानकारी पाए लगत्तै स्थानीय प्रशासनले उद्धार कार्य सुरु गरेको थियो ।  बसमा फसेका यात्रुको उद्धार गरिएको छ भने बस पूर्णरुपमा जलेर खरानी भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार जब यात्रुहरु  दिल्ली-जयपुर एक्सप्रेस वेमा बस नम्बर ए आर ०१ के ७७०७  मा चढेका थिए, केही समय पछि नै सो बसमा अचानक आगलागी भएको सुुरु भएको थियो । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । आगलागीबाट बस कसरी जलेको प्रष्ट देख्न सकिन्छ । तर, आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो दुर्घटना ३२ माइलस्टोन भवन अगाडि गए राति ९ बजे भएको हो । गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा लेखेको छ, ‘अहिले आगो नियन्त्रणमा ल्याएको छ । यस दुर्घटनामा घाइते भएकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ । अवस्था पूर्ण रूपमा नियन्त्रणमा छ ।’

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ७ : २५ बजे

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी