३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

लक्ष्मीपूजाको राती बाँकेको ३ स्थानमा आगलागी



नेपालगन्ज । दीपावलीको अवसरमा असवाधानी अपनाउँदा बाँकेको ३ स्थानमा आगलागी भएको छ । लक्ष्मीपूजाको लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरा र बैजापुरका २ पसलमा आगलागी भएको छ भने नेपालगन्जको एक पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ ।

नेपालगन्जको घरबारीटोलमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । घरबारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको हो ।

ध्रुब दाहालले संचालन गर्दै आएको उक्त पसलको सटर बन्द अवस्थामा रहेको हुँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको छ । दुईवटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

आजै राती बाँकेको राप्तीसोनारी स्थित बैजापुरको एउटा पसलमा आगलागी भएको छ । राप्तीसोनारी ४ बैजापुरमा स्थानीय दयानन्द थारुले संचालन गरेको पसलमा आलागी हुँदा पसलमा रहेको समान नष्ट भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

गएराति मात्र बाँकेको खजुरामा लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट सल्केर विष्णु बर्माले संचालन गरेको बर्मा हार्डवेयर पसलमा आगलागी भएको थियो ।

आगलागीबाट मानविय र पशु चौपायाको भने क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : ०० बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका