४ पुस २०८२, शुक्रबार | December 19, 2025

टिकटक बन्द गर्ने निर्णयविरुद्धका रिट ‘हेर्न नभ्याइने’मा



काठमाडौं । टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।

सरकारले टिकटकमा प्रतिबन्द लगाउने निर्णय गरेपछि सर्वोच्च अदालतमा गत शुक्रबार १० वटा रिट परेका थिए । उक्त रिटमाथि  सोमबार सुनुवाइ गर्न पेसी तोकिएको थियो ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको थियो । तर, न्यायाधीश डा कुमार चुडाल संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि सो रिट निवेदनमाथिको सुनुवाई हेर्न नभ्याउने सूचीमा परेका हुन् ।

सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका छन् ।

गत २७ कात्तिकमा मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको