१६ भदौ २०८३, मंगलबार | September 1, 2026

रुपन्देहीमा पहिलो अन्तराष्ट्रिय चेन होटल गोल्डेन टुलिप सानिभा इन बुटिक एण्ड स्पा संचालनको सम्झौता



बुटवल । विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल बिस्तारलाई तिब्रता दिएका लुभरे होटल्स ग्रुप, गोल्डेन टुलिप ब्रान्डमा रुपन्देहीमा चेन होटल संचालनमा आउने भएको छ । नेपालमा पहिलो गोल्डेन टुलिप होटल सानिभा इन बुटिक होटल एण्ड स्पाका सिईयो सन्तोष कुमार केसी र सरोवर होटल एण्ड रिसोर्ट्सका प्रबन्ध निर्देशक अशोक कुमार बकायाका बीच व्यवस्थापन सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । सरोवर होटल एण्ड रिसोर्ट्सको ब्यवस्थापनमा गोल्डेन टुलिप होटल सानिभा इन बुटिक एण्ड स्पा संचालन हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै गोल्डेन टुलिप होटल सानिभा इन बुटिक होटल एण्ड स्पाका सिईयो सन्तोष कुमार केसीले एक वर्षभित्र संचालन हुने गरि तिब्र रुपमा होटलको पुर्वाधार निर्माणको काम अघि बढेको बताए । सानिभा इनका सिईयो केसीले निर्माण कार्यलाई द्रुत गतिमा बढाइएको जानकारी दिए । ‘फागुन २०७९ मा शुरु गरेर निक्कै छिटो काम भैरहेको छ ।’—उनले भने ।

अबको एक वर्षमा होटल संचालनको तयारी रहेको उल्लेख गर्दै उनले भैरहवामा सबैभन्दा लक्जरी होटलका रुपमा चिनिने गरि पुर्वाधार तयार गर्न लागेको जनाए। ‘यो कठिन समयको च्यालेन्जरलाई ट्याकल गर्ने रुपमा रणनिति पनि हो ।’—उनले भने ।

जिङज्याङ कम्पनी जसको १३ करोड लोयल्टी मेम्बर रहेको दाबी गर्दै सिईओ केसीले सोही मेम्बरलाई लक्षित गरि रणनिति बनाइएको बताए ।

अहिले होटलमा ५२ बढि रुमहरुबाट शुरु गर्ने लक्ष्य रहेको उनले बताए । उनले जग्गाको मूल्य छोडेर ५० करोड रुपैया लागत रहेको होटलमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिइने प्रतिबद्धता ब्यक्त गरे ।

होटलमा रुफ टप बार, स्विमिंग पूल सहित अत्याधुनिक फिटनेस सेन्टर, स्पा, अत्याधुनिक बैठक कक्षहरु रहने छन जसले यस होटललाई सम्मेलन, सेमिनार र विशेष कार्यक्रमहरूको लागि एक आदर्श विकल्प बनाउने छ । एक मनोरञ्जन क्षेत्र र एक क्यासिनो पनि निकट भविष्यमा नै सञ्चालनमा ल्याउने योजना रहेको संचालक केसीको भनाई छ । नेपालमा सरोवर समूहको होटलहरू बढ्दो पाइपलाइनमा छन् जसमध्ये सरोवर पोर्टिको वीरगन्ज, रोयल टुलिप सौराहा चितवन र मिराज सरोवर पोर्टिको काठमाडौं मा २०२४÷२५ सम्म खोल्ने तालिका रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रवक्ता तथा प्रदेश गृहमन्त्री सन्तोष कुमार पाण्डेले भारतीय पर्यटक ४ लाखभन्दा बढि रकम लिएर आउन पाउने गरि नीति बनाउन संघ सरकारमा सुझाव दिएको बताए । काठमाडौ भनेको नेपाल भन्ने सोचलाई परिवर्तन गर्न जरुरी रहेको भन्दै उनले नेपाल भनेको लुम्बिनी पनि हो भन्ने बुझाउन जरुरी रहेको बताए ।

कार्यक्रममा हानका केन्द्रीय सदस्य गोपाल रानाले पर्यटनलाई कृषिसंग जोडेर आर्थिक रुपमा सबल हुन सकिने सिकाई कोभिड संक्रमणको समयमा देखिएको बताए । उनले नेपाल आउने पर्यटकलाई राज्यका अंगहरुले असुलीको माध्यम बनाएको आरोप लगाउँदै त्यस्तो कार्य अविलम्ब रोक्न माग गरे ।

कार्यक्रममा सरोवर होटल एण्ड रिसोर्ट्सको सिईयो अशोक कुमार बकायाले पर्यटनबाट विकासको ढोका खोल्न सकिने भन्दै नेपाल पर्यटकका लागि उत्कृष्ट गन्त्ब्य भएको बताए ।

भारतमा सबैभन्दा तीब्र रुपमा अघि बढिरहेको होटल समूह सरोवर होटल्स एण्ड रिसोर्ट्सले नेपालमा गोल्डेन टुलिप ब्राण्डको होटल खोल्न शनिभा इन बुटिक होटल एण्ड स्पासँग व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको हो । गोल्डेन टुलिप भैरहवा सरोवर होटल्स एण्ड रिसोर्ट सरोबरको पोर्टफोलियोमा १२ औं तथा नेपालमा पहिलो गोल्डेन टुलिप हुनेछ ।

सोही कार्यक्रममा बुटवलका क्रियाशिल पत्रकार बिकास पराजुलीको नवजात शिशुको उपचारका लागि सानिभा इन बुटिक होटल एण्ड स्पा का सिईयो सन्तोष कुमार केसीले १५ हजार रुपैया सहयोगको घोषणा गरेका छन ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : ०२ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत